Last modified on 16 जुलाई 2017, at 16:03

मान्छे बन्छु , दुखेर रोइरहन्छु / सविता गौतम दाहाल


लाग्दछ फुलमात्र हेरुँ
काडाँ हेर्दै नहेरुँ
तर विझेर रोइरहन्छु ।

यी आशाका फुलहरु
किन यति विघ्न फक्रेका
कत्ति भन्छु
यो तिमीले आर्जेको वारी होइन
वेला वेला, उखेलिएर रोइरहन्छु ।

हिजो हुुर्केका जीवनमय हाँगा
पुरै फेदसम्म काट्छु
फेरि टुसाउँछन्
कत्ति चाहान्छु, न टुसाउँन
प्रकृति रोकीदैन, टुसाएर रोइरहन्छु ।

विर्सन चाहान्छु
सवै ढोका, झ्याल
कुनै हावाले उर्घाछन्
कुनै वतासले
सम्हालिन्छु र सोच्दछु, न पसूँ
भित्रको आत्मीय आवाजले पुकार्दछ
पसेर रोइरहन्छु ।

कत्ति सम्झाउछु , वुद्ध वनूँ
सुन्दै नसुुनूँ, जानकारीका लोभ नगरूँ
धेरै नकुदूँ, वरु ध्यान गरूँ
मान्छे वन्छु, दुखेर रोइरहन्छु ।