भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"आई ह्याभन्ट ह्याङ्की" / दीपक शम्चू

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पुतलीझैँ सजिएर
पङ्क्तिबद्ध लाइनमा
सतर्क उभिरहेकी कोपिलाले
मेरो आँखामा आँखा रोपेर अँजुली फैलाउँदै भनी
"आई ह्याभन्ट ह्याङ्की सर !
हीट मी."

मेटिएकै थिएनन्
डोरिदैँ -डोरिदैँ आएर
उसको हातबाट छुटिफर्केका
स्नेही औँलाका छापहरू,
अनायास उठेको मेरो हत्केलाबाट
भक्लक्क लडिझ‌‌र्‍यो
छातीभित्र ढुक... ढुक..., ढुक... दुक... उफ्रिरहेको मुटु I

बाहिर निस्केपछि
सडक किनारबाट
उड्नलाई तयारी अवस्थामा रहेको
जेटविमानझैँ ठूलो होर्डिङबोर्डमा
अचानक खसैँ मेरा आँखा
जहाँ लेखिएको थियो
"यहाँ बालमैत्री वातावरणमा पढाइ हुन्छ ।"

०००