भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
? ! / मनप्रसाद सुब्बा
Kavita Kosh से
निधारमा
आलो रगतको टीका
नमस्ते गर्दै उठेको हातबाट
रगत चुहिरहेको
तप्
तप्
0
रगतसरिको ओँठ मुस्कुराइरहेको
रातो मुस्कान
रगतमा डुबेर जुत्ता हिलै
मोजाको घेरोदेखि अझ माथि
घुँडासम्मै भिजेको रगतले
जुलियस सिजरको रगतको भेल तरेर
जनसमूहअघिल्तिर आइपुगेको
उ तर ब्रुटस होइन
(ब्रुटसको बोली र वीरतादेखि त उ
हजार प्रकाशवर्ष टाढामा छ !)
को हो त उ ?
कोही होइन ।
बस्, हाम्रै एक डरलाग्दो आविष्कार !