भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

अघिजस्तो म / श्रवण मुकारुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


अघिजस्तो म–
तिमीलाई मनै नपर्ने अब कहाँ छु र !
जसरी–
खन्यूको जराबीच लस्करै पस्छन् राता कमिलाहरू
त्यसरी नै–
मेरो मस्तिष्कको चेपबाट निस्केका करुण पुंसत्वहरू
भागिहिँड्र्ने अर्थहरूले
अलपत्रै छाडेर गएका शब्दका जिउँदा टुहुराझैँ
तिम्रोृदयकोह छानोमुनि ओेत मागिरहेछन्

अघिजस्तो म–
अल्लारे/नागा/भङ्ज्याहा/बेरोजगार/व्यवस्थाविरोधी कहाँ छु र !
जसरी–
हरेक बिहान सूर्यझैँ उदाउँछ–इ्च्छा
अन्तिम प्रहर कराउँछ– चिभे चरो
एकोहोरो बगिरहन्छ खोलो– क्षणको
म त्यस्तो भएको छु ।

मलाई एकपल्ट हेर्न आयौ भने तिमी
छक्क पछ्र्यौ
मेरो अनुहारको रापमा तिम्रो आँखाको उज्यालो सल्किएर
मैनबत्तीझैँ पिलपिल–पिलपिल पिलपिलाइरहेको हुनेछ
 
गाढा रातजस्तो हाम्रो अतीतलाई
पश्चातापका हाँगाहरूमा बुद्रुक–बुद्रुक उफ्रिहिँड्ने
सपनाका किरणहरूले ठुँगेर
रगताम्ये बनाएको हुछेछ

अघिजस्तो म–
तिमीलाई तिर्खै नमेटिने पानी कहाँ छु र !
मेरो छातीबाट यौटा सम्भावनाको गोरेटो
तिमीलाई मन पर्ने क्षितिजसम्म फैलिएको छ
अग्लो पहाडको काँधमा टेकेर फेरि अर्को पहाडलाई कुल्चिनु
फेरि अर्को पहाडलाई कुल्चिनु
तिमी सक्छ्यौ अब ।

यौटा ऐना–
घरी खोपा, घरी ताक, घरी ओछ्यान
यौटा पुस्तक–
घरी सिरानी, घरी आलमारी, घरी दराज
यौटा फूल–
घरी गमला, घरी आम्खोरा, घरी केशराशी
जहीँकहीँ राख्न सक्छ्यौ अब ।

अघिजस्तो म–
तिमीलाई दिक्कै लाग्ने कुनै बर्खे झरीजस्तो अब कहाँ छु र !
जसरी– छोड्छ लती अफिमको गहिरो लत
फेर्छ आँसु आफ्ना पीरका थोत्रा लुगाहरू
त्यसरी नै– म तिमीलाई सुहाउने भइसकेँ
एकदम सुहाउने ।