अनङ्गरङ्ग / जगन्नाथ जोशी (सेढाई)
आयो वसन्त ऋतु चैत्र जसै त लाग्यो
इत्यादि बाग बनलाइ विकास पार्यो ।
आयेर कोइलि-चरा पनि बोल्न लाग्यो
नारीषिषे रति बढाइ यही शुनायो ।।१।।
हे सुन्दरी ! नगर रीस जहाँ त आई
छाडेर रीस गर सेख जवान पाई ।
फिर्दैन फेरि यहि जन्ममहाँ जवान
ये बातलाइ मनमा तिमि सत्य मान ।।२।।
आयो वसन्त ऋतु हेर विलास गर्न
कम्मर् कसी गर विलास विरोध हर्न ।
फुलीरहेछ फुल जङ्गलमा अनेक
गम्कीरहेछ दिन रात सुगन्धले त ।।३।।
जुन् फूलका रसमहाँ भ्रमरा भुलेका
चूसेर फूलहरुलाइ झुलीरहेका ।
बोल्यो यसोरि बनमा जब कोइलीले
चेष्टा धरी मदनको बहुतै खुशीले ।।४।।
जुन् बातले युवतिलाइ विमोह पार्ये
तत्कालमै मदनले पनि वाण छाडयो ।
सो वाणले सहिनशक्नु भई लडेका
व्यामोह भै युवति-टोलि जहाँ रहेका ।।५।।
भ्यामोहदेखि विउँजी ललनाहरुले
माने वसन्त ऋतुलाइ बडो खुशीले ।
अत्यन्त उत्सव गरेर वसन्तजीको
फिर्दा भये गरि बयान उ केइलीको ।।६।।
(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)