भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अनायासै आज / एस्पी कोइराला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

केटा
अनायासै आज मनमा छायो हरियाली
अंगालोमा आऊ नाचौं मनाऊँ खुसियाली
केटी
एउटा लामो रातपछि आयो नौलो बिहानी
त्यहींबाट सुरु हुन्छ हाम्रो प्रेम कहानी

केटा
उजाड एउटा बस्तीमाझ बल्ल बत्ती बलेको छ
मेरो मुटुभित्र आज तिम्रो धड्कन चलेको छ
केटी
पहाडसँग क्षितिजको हुन्छ जस्तो मधुर मिलन
जूनीभरि साथ दिने आऊ गरौं बाचा बन्धन

केटा
सँगै रुने एकै हुने सुन्दर जूनी पाए जस्तो
प्रीतको गीत गाउँदै हाम्ले मायाप्रीति लाए जस्तो
केटी
गन्तव्यहिन यात्रापछि बाटो भेटे जस्तो लाग्छ
अर्को यात्रा सँगै थाल्दा भन तिमीलाई कस्तो लाग्छ