भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अनुभूतिले जन्माएका् प्रश्नहरु / विमला तुम्खेवा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


अनुभूतिले जन्माएका् प्रश्नहरु

सपना —
चुँडिएको पर्खाइको रेसा बुन्दै
वृद्ध आमाहरु
मन हुनुको पीडा भोगिरहेछन्
जीवन —

म, अँध्यारो गल्लीहरुमा छामछाम छुमछुम गर्दैछु ।

मान्छे दुखेको छ
तिम्रा निर्लज्ज छाडिएका संहारहरुले
कति हान्छौ घाइते मनहरुलाई
तिखा वाणहरु
म —
तिम्रा अमानवीय नाटकहरुमा
कैयौँपटक घायल भैसकेको छु ।

नसुनाऊ !
फगत शब्दका भाषणहरु
कैयौँ आमाहरु / लाखौं प्रेमिकाहरु
र — युद्धका जागरूक सिपाहीहरु
जीवन —
विषाक्त बनाएर बसेका छन्
र म क्रान्तिको विरूद्धमा जाँदैछु ।

मसँगै
थुप्रै सहिद आमाहरु
धेरै– धेरै प्रमिथसहरु
शोकका बगरहरुमा अभिशप्त जिन्दगी बाँचिरहेछन्
अब —
म तिम्रो नाटकको
बलात्कृत पात्र बन्न चाहन्न
आऊ !
शान्तिका क्रोशहरु गाउँदै जाऊँ
म —
जीवन हाँस्न
यतिखेर मृत्युको समूहबाट आह्वान गर्दैछु ।

फगत
चेतना हुनुको पीडामा
जिन्दगी प्रत्येक पल मलाई सहनै नसक्ने चोट भएर
बिझाउने गर्छ ।

म—
मान्छे हुनुको अर्थ ेगिरहेछुभा
नियति —
किन यति साह्रै कठोर भएर आउने गर्छ हँ ?
म,
गयाको बोधवृक्षबाट प्रश्न गरिरहेछु ?
बधशालामा मृत्यु खेलाउने कसाई
 
जीवनको उत्तराद्र्धको एउटा मोडमा आएर
आज —
जिन्दगी गहिरो चोटहरुमा
छामछाम छुमछुम गर्दैछ
आऊ !
जीवन अभावको चपेटाहरुमा
खोज्दै जाऔँ / रोज्दै जाऔँ
म — बधशालाको बजारबाट जीवनको गीत गाइरहेछु

म—
आक्रान्त सहरको एउटा परिवेशबाट
मान्छेको कथा पेश गरिरहेछु
म— मान्छे नदुखेको देश खोजिरहेछु ।