स्टीलजस्ता नीला छालामा
आकाशजस्ता नीला आँखा,
कति मरणशील छ
मासुको एउटा प्रतिमाको भित्री गहिराइबाटको जन्माइ ।
एक दिन,
जब सूर्योदयले आफ्ना पखेटालाई पट्यायो
र तिमीलाई अनुभूत गर्न दिनका लागि बसिरहेन,
त्यसैबेलादेखि गोरो रहेनौ तिमी
कालो अवतारबिना।
छोइसकेको छ तिमीलाई
छरिएको गहुँबाट जन्मिएको वास्वविक पापले।
बाहिर राख तिम्रा हात
हराएको बालक!
मेरो काख दिनेछु तिमीलाई
चिसोबाट जोगाउन ।