भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

असमर्थ / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

नमाग मसँग सहारा नमाग
भुइँमा छु आकासका जूनतारा नमाग

घाम खोज्दै हिँडे बादल झरीमा
डुबेको छु आफैँ भुमरीहरूमा
नमाग मसँग किनारा नमाग
भुइँमा छु आकासका जूनतारा नमाग

तिमी खुसी रोज्छ्यौ म छु चोटहरूमा
प्यासले कलेटी परेछ यी ओठमा
नमाग मसँग छहरा नमाग
भुइँमा छु आकासमा जूनतारा नमाग