भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
अहम् कुरो / नाजिम हिकमत / सुमन पोखरेल
Kavita Kosh से
दौडिरहेको उज्यालामा उभिन्छु, म
भोका छन् मेरा हातहरू,
यो संसार सुन्दर छ।
मेरा आँखा रूखबाट पाउन सकिने जति सबै लिन सक्दैनन्
ती रुख कति ज्यादा आशावादी छन्, कत्तिबिघ्न हरित छन्।
घमाइलो एउटा बाटो किम्मु घारीघारी दौडन्छ,
जेलको अस्पतालको झ्यालमा छु म।
औषधीको गन्ध थाह पाइरहेको छुइनँ म -
पक्कै फूल फुलिरहेको हुनुपर्छ
यतै नजीकै कतै।
पक्राउ पर्नु बेग्लै कुरो हो,
अहम् कुरो आत्मसमर्पण नगर्नु हो।
...................................................................
इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ ।