भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
आँखाभरि हिउँचुली / रमेश क्षितिज
Kavita Kosh से
आँखाँभरि हिउँचुली छङ्छङ् बग्ने खोला
फेरियो कि मेरो गाउँ अझै उस्तै होला !
पुल पनि भत्क्यो भन्छन् पाटीपौवा ढल्यो भन्छन्
यसपालिको डढेलोमा गाउँले–मन जल्यो भन्छन्
उकालीको एक्ले वर उस्तै छ कि सुक्यो
कप्तानबाको लडाइँको कथा कहाँ पुग्यो !
साथीभाइ कहाँ होलान् कस्ती होली सानी अचेल
सताउँदा मैले उसलाई रुन्थी पीर मानी टल्पल्
जहाँ पहिलो पाइला टेकेँ मेरो गाउँघर
छोडी आएँ धेरै पर आँखैमा छ तर !