भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आँधी / जीवन आचार्य

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आँधी आउन लागेको छ
सबै स्तब्ध छन्
कुनै आवाज छैन- ढुङ्गा जस्तै
- यति बेला बाघ पनि खरायोसँग सतर्क छ

आँधी आउन लागेको छ
र सबै थर-थर कामिरहेका छन्
- अग्ला घरका बैठक र बार्दलीहरू जस्तै
धरहरा फेरि टुक्रिने डरले कामिरहेछ
- मानिसहरूभन्दा अग्लो हुनुको घमण्ड
यति बेला पीडामा अनुवाद भैरहेछ
र पीडामाथि थप्पड हिर्काउन आँधी आउँदै छ

तल, धेरै तल जमीनमा, मानिसहरू-
साउतीजस्तै बात मारिरहेका छन्
- आँधी समय-समयमा पाउनै पर्छ
यो आँधी-
प्रकृतिको सबभन्दा ठूलो जवाफ हो
- अग्ला-अग्ला धरहराहरूलाई !