भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / अघिको / भाग १० / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

फेरि अशोकको पालो आयो–
घरभित्र र बाहिर दुवैतिर उनले
प्रतिदिनको हत्याले भारतको,
रातो मुटु बान्कीको खेतमा
अशोक चक्रले उधिनी
कुलो काट्तै वैतरणी नदी
कलिङ्गसम्म पुर्यानए।
अकस्मात् इतिहास दोहोरियो–
आगोमाथि पानी पर्योो–
सन्तापपश्चात् पश्चात्तापले
मानवताको मूल फुट्यो,
अशोक राजा बौद्ध भए।
परन्तु अग्निपूजक पारसी जातिमा जस्तै
ज्वालालाई पूजा गर्ने वीर किराँती जातिमा
बुद्धको रस बस्न सकेन,
पस्न सकेन–
अझ घुस्न सकेन–
थुङ्कोले आफू त्रिविक्रम बनी
पर्वतका लेक, बीच खाल्डा र बेंसी तराईमा
तीन खुट्टा राखी–
‘त्रिपादूध्र्व उदैत्पूरुष१,–
वैदिक मन्त्रका विराट् स्वयं बने।
फेरी भारतमा यज्ञदेवता
अग्निले जागी–जागी
भोका दरिद्रका प्राण प्रियतम
घिउ अन्नहरू स्वाहा पार्योी।
दक्खिनबाट उठेको उल्टो बाढीले
बुद्धको उपदेशलाई धकेली
हिमालको पर्खालमा लगेर किचिदियो,
नेपालीलाई के सिकायो ?
चिसा देवता व्योमकेश चन्द्रशेखर
हिमालको पर्खालमा लगेर किचिदियो,
नेपालीलाई के सिकायो ?
चिसा देवता व्योमकेश चन्द्रशेखर गङ्गाधर
गौरीशङ्कर गिरीशलाई
उग्र त्रिलोचन भन्न सिकायो
बीचको आँखा धपक्क बाली
कामदेवलाई भस्म बनाउने
मृत्युञ्जय हुन् भन्न सिकायो,
कैलाशपति किराँतेश्वरलाई दक्षिणेश्वर
वामदेव पशुपति शिवलाई
भीम रुद्र हर भन्न सिकायो
अमृत भै बहने त्रिशूली गङ्गालाई
अग्नि भरिएको पाशुपतास्त्र
त्रिशूलको कल्पना गरायो,
अनि पहिरो जाँदाको भयावह
रातो धूवाँ देखाई
संहार गर्ने देवता शूली
शिव नै हुन् भन्ने सिद्ध गर्योध।
त्यसैले बौद्ध वृषदेवका नाति
मानदेव योद्धा बनीकन
रगतको होली खेली
युद्धमा विजयी बने।


क्रमश: अगाडि