भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / अघिको / भाग ९ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

उता आगो उम्रन थाल्यो,
डेरियसको विजय भयो,
पेरिक्लिजको जय भयो,
हन्निबालको पराजय हुनुभन्दा अगि
सिकन्दर आजमको
आगलागी चारैतिर फैल्यो,
उनको प्रताप–आतङ्क ह्वारह्वार बल्यो,
प्रत्येक भयभीत नर अङ्गार बन्यो।
सिकन्दरको सिरानमा इलियद हुन्थ्यो
अनि एक खड्ग,
उनकी आमाले सौतालाई आत्महत्या गर्न लगाइन्,
उनका सौतेला भाइचाहिं
ईश्वरलाई बलि दिइए,
अझ युद्धयज्ञको वेदीमा
उनको घोडाका टापमन्तिर
लाखौं मानिस बलि दिइए।
अरस्तु उनका गुरुज्यू।–
होता–
दार्शनिकमा श्रेष्ठ थिए।
क्रमश: अगाडि