भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / पछिको / भाग १२ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

स्वास्नीमानिस!
मनुष्यसमाजको पापको भारी
तेरो बुई चढेको छ
त्यसको नाम्लाले निधारको छालामा
साठी वर्षमा मात्रै पर्ने
खुम्चाहरूका (तर चिन्ताशून्य)
डोरा बन्न गएका छन्,
जयस्थितिले स्थिति बाँधेको त्यो
डोरीको डामजस्तो छ,
प्रताप मल्लले सुनको छाता
ओढाइएका पशुपति
तेरो हिमालमा पालो बस्ने
बूढा बाबा महेश्वरको टीको त्रिपुण्ड्रजस्तो छ।
यही अन्तर–अन्तरमा।
यस्तै उठ्तै टल्की–टल्की
बहेका पसीनाधारा
रूपमतीको स्नेहतरङ्गले
चुनिएका रानीपोखरीमा
साना तरङ्ग दगुरेजस्तै
मेध्य मनोरम देखिन्छन्,
आँखीभौँमा जम्मा भएका
पसीनालाई परेलाले
बराबर चोरी झिमझिम गर्दै
झार्दै
गालामा ताता गुलाफको
गाढापनलाई
फिका गुलाफी पर्दा छन्,
बानकी अस्पष्ट भईकन
उठेको कुमारी–सुकुमारी नाकबाट
चुहिएको बुलाकी जस्तो बिन्दुमा
समस्त कपिलवस्तुका दर्शन
उभिण्डिएर रहेका छन्।