भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / पछिको / भाग १४ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

काम! काम!
ढिकी, जाँतो, डोको, नाम्लो,
घाँस, दाउरा, स्याउला, पात,
सियो, धागो, कुचो, पोतारी,
खल, ओखल, आह्री, भिउँट,
ठेकी, मधानी, जूठो भाँडा,
चूलो, गाग्री, आगो, पानी,–
जीवन सङ्घर्ष?
जाँड, रक्सी, गन्ध, मद,
मयल, लट्टा, फोहर, खटिरा,
हिलो, धुलो, लोभ, मोह, मात्सर्य,
क्रोध र कामवासना!
काम!
अमिलो र पिरो!
जुवारी खेल!
मैलो ओछ्यान!
म्वाइँ
काम! काम! काम!
मुगाको माला!
फेरि भारी अनि सुत्केरी!
कालो टाला!
रोग, रिङ्टा, चाउरी!
माया, ममता, बच्चा, बच्ची
झुत्राझुत्री, राल, सिंगान!
नैराश्य, अन्धकार र अन्त्य!
भूइँ काप्तछ,
भुमरी पर्दै हावा कराउँछ, –
त्यो कसको अपराधको चित्र?
त्यो थोत्रो घर, अबाटो बाटो
त्यो सामान्य पशुको जीवन,
त्यो विश्वविषयक अनभिज्ञता,
त्यो अन्धपरम्परा
त्यो शुष्कता, त्यो दरिद्रता, त्यो नीचता,
त्यो निरक्षरता, त्यो कामुकता,
त्यो सङ्कोचन!
कसले गरेको पातकको
फल यसरी फल्छ?
कसको अपराध?
कसको अपराध?
कसको अपराध?