भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / पछिको / भाग १८ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

‘दुई पाटा संसारमा
आगाले पनि सुनौला ज्वाला निकाली
घमण्डले अणु विस्फारित पारी
मनुष्यलाई भस्म नपारोस्!
पानीले पनि जमी–जमीकन
विस्फोटक कीटाणुले रक्त बन्द गरी
मनुष्यलाई शीत नचढाओस्!
हामी
बाँच्न–बचाउन चाहन्छौँ!–
जीवनस्पन्दनको सङ्गीत चाहन्छौँ!
आजसम्मको हाम्रो अपराध हो –
साखिलो भईकन हामीले
व्यक्तिलाई महत्व दियौँ,
मानवजातिलाई दिएनौँ
एकेकोटा लहडीलाई
एक–एकोटा पागललाई
एक–एक स्वप्नदर्शीलाई
लाखौँ–लाखौँ समर्थन गर्दै
नेता बनायौँ, श्रेष्ठ बनायौँ,
पूज्य बनायौँ, ईश्वर बनायौँ,
मानवसमाजका लहलहाउँदा
कोमल भावनालाई,
मधुर माया मीठो ममता
समान मित्रतालाई
मुठारी–मुठारी जम्मा पारी
पागलखानाभित्र हुल्यौँ
हामीले अपराध गर्यौँ्।