Last modified on 14 मई 2015, at 17:12

आगो र पानी / पछिको / भाग १९ / बालकृष्ण सम

‘एउटा अत्याचारी पट्ठाको
शारीरिक सौन्दर्य र मांसपेशी देखी,
कसैले पनि भाँच्न नसकेको
मोटो लौरो सहजैसित
उसले भाँचेको देखी,
हात्तिलाई ठोकी–ठोकी उसले वशमा ल्याएको
बिजुलीजस्तै चम्कने घोडा
उसले चढी थकाएको,
दगुर्नामा अनि कुस्तीमा पनि
उही नै मण्डली भएको देखी
उसलाई सरदार बनायौँ,
हामीले अपराध गर्यौँम।
सरदार–सरदारमा युद्ध भयो,
हाम्रा सरदार निर्भय थिए,
उनको विजय भयो,
हामीले सरदारलाई कुममा बोकी उचाल्यौँ,
त्यस महामहोत्सवमा
सरदारको पूजापाठमा
जयले उन्मत्त भएका हामीले
सोमलताको रस पिउँदा
आँखाको बिर्को बन्द गरी
मानवताको हत्या भएको
आङ्खनो चिहान आफैँले खनेको
जनतामा ढिला विष परेको
हेर्दै हेरेनौँ,
देख्तै देखेनौँ,
हामीले अपराध गर्यौँे।
त्यही आतङ्कको बीचमा
एक जनाले मीठो स्वरले
राम्रा–राम्रा लयमा
घतिला कुरा भर्नासाथै
त्यस प्रथम गोठालेगीतमा–
आगो र पानीका ऋचामा
हामी लट्ठ पर्यौँग,
भेडाजस्तै हुल्ला बाँधी
त्यसकै पछि पछि लाग्यौँ,
मानवस्वतन्त्रताको बलिदान भएको
मानवअधिकारको हत्या भएको
वास्तै राखेनौँ,
पागलपूजामा
पागल भइकन मुख बिगारी
आँखाको सेतो पल्टाई
रुँदै हाँसी अश्लीलताले
तिघ्रा कम्मरहरू नचाई
उत्तेजक बौलट्टी बाजामा
मुर्दाका कान हल्लने गरी
भजन–कीर्तनहरू करायौँ
हामीले अपराध गर्यौँज।