भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / पछिको / भाग ४ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

शान्तिमय मत्थरपछिको तूफानजस्तै
केजरको बलले सिजर बिर्साई
प्रथम महायुद्ध चम्काई
समस्त संसार हल्लायो।
सप्पै महासागरहरूमा
मनुष्यरक्त नै रक्त भए पनि
अभिमानको त्यो रक्तपिपासा
कहिले मेटिन सक्थ्यो!
परन्तु जनशक्तिले केजरको
अँजुली नै उल्टाइदियो।
सङ्ग्रामको धारमा परेर
धुजा भएकै अवस्थामा
रुसमा महा अनिकाल पार्योई,
अनि माक्र्सको सिद्धान्तले त्यहाँ
प्रवेश गर्ने मौका पायो
लेनिनले त्यही तत्वले रुसमा
समस्त जलाथल पारिदिए,
रोग निर्मूल गर्नालाई
रोगीलाई नै मारिदिए।
बहुजनसुखाय बहुजनहिताय–
प्रतिशत एकलाई मारिदिए ,
बुद्धको पनि साम्यवाद हो
तर त्यो दयाको साम्यवाद,
क्राइष्टको पनि साम्यवाद हो।
लेनिनले देखे यी दुवैका
समता त साधन–सिद्धान्त,
तर साध्य भने विषमताका कारण
सेना सङ्ग्राम र साम्राज्य रहेछन्–
के जर्मनी पनि क्रिश्चियन?
के जापान पनि बौद्ध?
तसर्थ लेनिनले माक्र्सवादलाई–
साम्यवादलाई साध्य बनाए,
त्यसको साधना हिंसा!
इतिहासमा पानी आगो भयो!–
भोलगा नदी लाभा भयो!
डाइडेरट लो मेत्रि, र रहल्ब्याकको
विचार पाकी टमस मोरको–
‘युटोपिया’ भविष्यमा आफैं बन्छ,
भन्ने कुरामा
लेनिनले पत्यार गरेनन्,
रुसोको झैँ कार्यमा अनि क्रान्तिमा
उनले विश्वास गरे।
एकातिर थोरै धनाढ्य
चिल्लिंदै मोटाउँदै थिए,
अर्कोतिर भोकले करोडौँ कङ्गाल कङ्काल
टनक्न टन्की कक्रन्थे,
सत्य कुरा सब राम्ररी छाम्थे,
तर आँखाको पुतलीमा
अविद्याको जालोले गर्दा
कानको जालीमा जाली शब्द पर्दा
आफैँमाथि विश्वास गर्न पनि
शुद्ध बुद्ध सक्तैनथे,
आफैँ तुल्य निरस्त (हटाइएको/अस्वीकृत) तिरस्कृत
व्याकुल विह्वल मनोहत भयद्रुत (आँत्तिएको)
दुर्गत वञ्चित पीडितहरूको पनि
आङ्खनै जहान बच्चाको पनि
दयामाया मोहममताले
अत्याचारी अन्यायीमाथि
क्रोध रुमल्लिदै उठ्तथ्यो ,
तर किंकर्तव्यविमूढताले
चित्त नबुझाइ संह्लिनुपथ्र्यो,
आगो ननिभाई छोप्नुपथ्र्यो,
लेनिनको नेतृत्वमा सब झुरिएका काठ सल्के!–
मह पार्ने गुलियो खान नपाउने
मानिस मौरीले डङ्क उठाए!
इतिहासमा पहिलो पँलि
भू पन्छिएका मनुष्यहरूले
सीमा उल्लङ्घन गरी–गरी
आत्मविश्वास गर्न थाले
पददलितवर्गले फणँ उठाई
आँसुलाई हलाहल पारी
हाँस्ने दाँत टोक्ने बनाई
खेत खन्ने कोदालेँ उचाली
आफूलाई कुल्चेका
आफूलाई कुल्चनेको
कुल्चन सक्ने साराको
ढोडनसामा ठुँग्यो!–
भूगोललाई पटुकाले झैँ बेर्ने
विहारी नुनिलो अमृतजल
विषाक्त पोल्ने भइदियो।
इतिहासमा पानी बल्न लाग्यो,
इतिहासमा पानी पेट्रोल भैकन
जम्मै समुद्र दन्कन लाग्यो
पानी पग्लेको आगो भयो,
त्यो सेलाउँदा मुङ्ग्रो र हँसिया बने।