भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / पछिको / भाग ५ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

धार्मिक जगत् तस्र्यो
धनी जगत् काँप्यो,
धाकी जगत् थाक्यो,
झोल आगो र चोक्टा आगो जुध्न लागे,
साम्यवाद सुकाउनलाई
पूँजीवादी देशहरूले
रुसलाई भित्री आक्रमण र शोषण गरे,
तर सारा निराश भई फर्के।
फेरि त्यहीं आजसम्ममा संसारभरमा
अङ्कित गरिएका इतिहासमा
सबभन्दा प्रचण्ड अनिकाल पर्योत।
लाखौं–लाखौंको अन्त भयो,
बाँच्नलाई
हिलो र नालमा पनि कतिले मुख गाडे,
चिहान खोस्री लाश निकाल्दै
मानिस हिंस्रक जन्तु बने
त्यसै बेला पश्चिम यूरोप
धान मिल्काउँदै थियो,
तर सैद्धान्तिक भेदभावले गर्दा
मानिस राक्षसतुल्य बने।
त्यत्रो उथलपुथलको बीचमा
महामारीको बीचमा पनि
अग्निबीच पनि तारासदृश
जीवनबिन्दु बनीकन
लोहाको झूलभित्र बसीकन
हिंसात्मक साम्यवाद बाँचिरह्यो।