भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

आरोहण / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


आरोहणको सफलतामा खुशी मनाइरहेको बेला
तत्काल अर्को दुखद समाचार
फैलियो सहरमा
फर्किदै गर्दा आरोहीहरु पुरिए हिमपहिरोमा !
उद्धारकार्य जारी रहेको बेला
दार्शनिक हिमालले भन्यो—
चढ्नु त एउटा पाटो मात्रै हो सफलताको
ओर्लिन नजान्नेहरु
कहिल्यै सफल हुँदैनन् जीवनमा!