भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

इतिहास गुलिभर र लिलिपुट / महेश मास्के

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आज फेरि इतिहासका पन्नाहरू फर्फराएका छन्
"काल-यन्त्र" ले हुत्याएको बेग खप्न नसकेर
र आज फेरि आश्चर्य र भयले त्रस्त हामी लिलिपुटहरूका अगाडि
लम्पसार सुतेको छ एक "गुलिभर" ।

हो यो गुलिभर हो र हामी लिलिपुट हौं
हामी लिलिपुट हौं त्यसैले हामी त्रस्त छौं
- मिठो निद्रामा सुतेको गुलिभरदेखि पनि
किंकर्तव्यविमूढ हामी खडा छौ ससाना सिया जस्ता

                                                               तीर र धनुषहरू लिएर
                                                               डोरी र चक्कुहरू लिएर
                                                               भाला र फर्साहरू लिएर

एक निशस्त्र सुतेको गुलिभर वरिपरि
हामी खडा छौं आफ्ना हतियारहरू ठिक्क पारेर
र खोज्दैछौं हतासिदै आफ्ना साना छुद्र मस्तिष्कहरूबाट
यस विशालकाय शत्रुलाई परास्त गर्ने उपायहरू

उहिले हाम्रा पुर्खाका पालामा पनि
यस्तै एउटा गुलिभर घुम्दै आएको थियो रे
र त्यो सुतेकै बेलामा
हामी उसको आँगभरि उर्फका थियौं रे
हात्ती-डुबुवा घाँसहरू बाटेर
डोरीले कसेर लडाएका थियौं रे
अनि आफ्ना तीर र भालाहरूले
उफ्री उफी घोचेका थियौं रे
तर पनि हाम्रा पुर्खाहरूको गुलिभरले
हाम्रो क्षुद्रताको वास्ता गरेको थिएन रे
र एकदिन हामीसंग बिदाबारी भएर फेरि घुम्न निक्लेको थियो रे

तर त्यो गुलिभर
र यो गुलिभरमा फरक छ

त्यो गुलिभर परदेशी थियो
घुम्दा घुम्दै हामीले फेलापारेका थियौं रे
यो गुलिभर यही जन्मियो, हुर्कियो अनि बढ्यो
र इतिहासको एक निश्चित अवधिमा मात्रै
यो देखा पन्यो आफ्नो विशाल आकार लिएर
त्यसैले यो गुलिभरलाई यो ठाउँबाट आउनुसंग पनि मतलब छैन
त्यसैले यो गुलिभरलाई यो ठाउँबाट जानुसंग पनि मतलब छैन
स्वयं हामीले र समयले
जानी जानी र नजानी नजानी
पोषेको यो गुलिभरलाई
कतै आउनु जानुसंग मतलब छैन

त्यो गुलिभरको बारेमा हामीलाई धेरै थाहा छैन
तर यो गुलिभरलाई हाम्रो समाजको विषमताले जन्मायो
हाम्रा रूढी र कुरीतिहरूको चोटबाट
यो नयाँ गुलिभरले विशाल आकार लिन थाल्यो
निर्मम शोषण र दमनद्वारा हामीले
यसको हात पाखुरी र छातीलाई इस्पाती शक्ति प्रदान गर्‍यौ
र आज
यो आफ्नो सम्पूर्ण सबल आकार लिएर
लम्पसार सुतेको छ एक मिठो निद्रामा
इतिहासले भर्खरै मात्र कुटिल मुस्कान छर्दै
समयलाई अह्राएछ देख्ने शक्ति हामीलाई प्रदान गर्न
र किर्तव्यविमूढ हामी खडा छौं
स-साना सिया जस्ता

तीर धनुष लिएर
डोरी र चक्कुहरू लिएर
भाला र फर्साहरू लिएर

एक निशस्त्र सुतेको गुलिभर वरिपरि
हामी खडा छौं आफ्ना हतियारहरू ठिक्क पारेर
र खोज्दै छौं हतासिदै आफ्ना छुद्र मष्तिस्कहरूबाट
यस विशालकाय शत्रुलाई परास्त गर्ने उपायहरू

इतिहासले एक चक्र पुरा गरिसकेको छ
अब जमाना पुर्खाहरूको पाला झै सजिलो छैन
र यो गुलिभर पनि त्यति लाटो छैन कि
यसलाई रक्सीका ड्रमहरूले भुलाउन सकियोस्
वा ढ्यांग्नो ठोकाइले तर्साउन सकियोस्
यसको इस्पाती छातीमा
हाम्रा बञ्चराहरू भाँचिने छन्
ह.मीलाई यो राम्रसंग थाहा छ कि
हाम्रा चिप्ला कुराले पनि यसलाई फकाउन सकिने छैन

त्मसैले ए सारा लिलिपुटहरू !
यो अवश्यंभावी खतरा
यो अजंगको दुश्मन
जबसम्म यो सुति रहनेछ
तवसम्म मात्र हामी सास फेर्न सक्छौं
पुर्खाहरू झैँ
सुतेर उठेपछि, हाम्रा अत्याचारहरू बिर्सेर
मित्रताको हात बढाउनेछ भनेर नसोच
हामी त्यति सोझो हुनु हुँदैन
र यो पक्कै पनि त्यो गुलिभर झै मूर्ख छैन

त्यसैले ए लिलिपुट भाइ हो
यसलाइ ब्यूँझन नदेऊ, डोरीबाट
यसलाई उठ्न नदेऊ मगाऊ हेरोइन, मरिजुहाना र एल. एस. डी. हरू
सुतेकै बेलामा
मगाऊ टैंक, मिसाइल्स र बमहरू ।

०००