भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

उनको याद आयो / सविता गौतम दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


केही उस्तै अनूहार
केही फेरीएका रहेछन
हिडेकै सडक, देखेकै मोडहरु
धेरैपछि हिडदा
उनको याद आयो ।

चोक उही, चौतारी उस्तै
ढुंगा छापिएका गोरेटा उस्तै
गजूरको बुट्टा उस्तै
धेरैपछि उक्लदा
उनको याद आयो ।

थपिए कैयन स्मृति
खेपिए कति विसंगति
मीठा दुइशब्द स्मृतिपटमा
अनायास गुन्जीए ।
हुरीमा परेर निथ्रुक्क भिज्दा
छहारी याद आयो ।

चुलिएछन गगनचम्बी भवनहरु
फैलिएछन मानवमस्तिष्कहरु
मेरो पीडा आज सागुरो भएछ
यो सडक नापेर हुइकदा
बगैचा याद आयो ।

न आाँशु कतै खस्न मान्यो
न हासो कतै फुल्न मान्यो
यो उकाली, ओराली
आयो उही देउराली
थाकेर बिसाउदा
उनको याद आयो ।