उनलाई फेरि भेट्न
के, अब कहिल्यै हुँदैन र?
मुस्कुराइरहेका ताराहरूले भरिएको रातमा
मिर्मिरेको मधुर उज्यालाका बीच
वा समर्पणका साँझहरूमा पनि हुँदैन र?
 
अथवा खेतबारी वरिपरि बेरिएको
कुनै उदास बाटाको किनारमा
वा जूनेलीले चम्काएको कम्पित फोहराको बिटमा 
पनि हुँदैन?
 
उनलाई नामले बोलाउन खोज्दा
जहाँ रातले मलाई उछिनेको थियो 
के ती घना रेशमी जङ्गलका केशमुनि 
वा मेरो रुवाइको प्रतिध्वनि फर्काउने
गुफाभित्र पनि हुँदैन?
अहँ, उनलाई फेरि भेट्न
ठाउँले कुनै अर्थै राख्दैन।
स्वर्गको तलाउ होस्
वा उम्लिरहेको तेल;
शीतल जूनेलीको ओत होस् वा
ओठमुख सुकाउने त्रासको छाया !
 
उनीसँग हुँदा...
बाँधिइन्छन् समस्त वसन्त र हिउँदहरू 
पीडाको एउटै माला भएर 
उनको गला वरिपरि!