भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

उनैलाई / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

फूलको रूप फूलैलाई जूनको जूनैलाई
मैले मेरो रूप सजाई राखेँ उनैलाई
 
शिरबन्दी शिरमा फुल्यो पाउजू बज्यो छमछम्
थुँगाथुँगा हाँस्न थाल्यो सयपत्री यो मन
कसी लाउनु पर्दैन रे असल सूनैलाई
मैले मेरो रूप सजाई राखेँ उनैलाई
 
कोसमाथि गण्डकीको धार जस्तो गाजल
देखेपछि उनको मनमा उठिदेला बादल
बर्सिएला चाँडै मनको किनार छुनैलाई
मैले मेरो रूप सजाई राखेँ उनैलाई