भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

उस्तै थिएँ हरेक ठाउँमा म / अशोक कुमार पाण्डेय / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

म बम्बईमा थिएँ
तरवार र लठ्ठीहरूबाट जोगिँदैजोगाउँदै कुदिरहेको, कराइरहेको;
जनावरजस्तै कुटिएको र तिनीहरू नै जसरी रेलका डिब्बामा कोचिएको।
सन् साठ्ठीमा मद्रासी थिएँ, नब्बेमा मुसलमान
र त्यसपछि बिहारी भएँ ।

म काश्मिरमा थिएँ
पिठ्यूँभरि कोर्राको सुम्ला बोकिहिँड्ने,
घरविहीन, ओतविहीन, हेपिएको, विवश;
सन् तीसमा मुसलमान थिएँ
नब्बेमा हिन्दू भएँ ।

म दिल्लीमा थिएँ
भालाले उनिएको, आगोले भुटिएको, आफ्नै रगतले आफ्नो अनुहार धुँदै गरेको,
सड्चालीसमा मुसलमान थिएँ
चौरासीमा सिख भएँ ।
म भागलपुरमा थिएँ
म बडौदामा थिएँ
म नरोडा-पाटियामा थिएँ,
म प्यालेस्टाइनमा थिएँ र अहिलेसम्म त्यहीं छु
आफ्नो चिहानमा स्वास गन्दै गरेको,
म ग्वाटेमालामा थिएँ
म इराकमा थिएँ ।
पकिस्तान पुग्दानपुग्ने हिन्दु भएँ ।

ठाउँ फेरिन्छन्
कारणहरू फेरिन्छन्
र फेरिन्छन् धर्म पनि ।
म जस्ताको जस्तै ।