Last modified on 23 जून 2017, at 12:09

एउटा खबर पठाउदै छु परदेशीको नाउँ / श्याम तमोट

एउटा खबर पठाउदै छु परदेशीको नाउँ ,
घर खेत आफ्नो भो है फर्की आऊ गाउँ

सात कोठे बनेको छ चिटिक्क को घर
यसैलाई सिंगार्नु छ यो नै हाम्रो भर

खाँचो परे, पछि पछि कोठा थप्दै जाँउ
घर खेत आफ्नो भो है फर्की आऊ गाउँ

टारी खेतमा लह लह अन्न होला टन्न
डाँडाबारी फलफुलले होला लटरम्म

नागी पाखा जडीबुटी होला बस्तु -भाउ
घर खेत आफ्नो भो है गाउँ फर्की आऊ