भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटा यस्तो माली / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



तिम्रो प्रेमको एब्स्ट्र्याक्ट परिबन्दमा
आफ्नै जालोमा फसेको माकुरोजस्तै फसेको छु म
र भोगिरहेछु यति बेला
मायाको ग्यासच्याम्बर नियति।
 
भन्नेले त भनिदिएका छन्–
प्रेममा पीडा पनि मीठो हुन्छ
हाम्रो त यस्तरी भत्कियो मन कि
प्रेममा पीडानुभूत गर्नुअगावै
विकृतिको डरलाग्दो जङ्गेपिलर उभियो हामीबिच
र अनास्थाको भयानक भूस्खलनमा भत्कियौँ हामी
एउटा भत्किनै नहुने भत्काइ।
 
'तिमी' नामको बाँझो खेतमा
परिश्रमी किसानजस्तै खनजोत गरेँ/गोडमेल गरेँ मैले
तर विडम्बना!
नफुल्नुपर्ने एटटा फूल बेमौसममै फुलिदियो
र प्रकारान्तरले त्यही फूल
हामीबिच विभाजनको रेखा बनेर तन्किँदै गयो।
 
थाहा छ–
फूललाई तिमी पनि माया गर्छ्यौ मजस्तै
म पनि माया गर्छु तिमीजस्तै
र पनि फूल हाम्रो जीवनको शोभा बन्न सकेन कहिल्यै।
 
एकाएक उपेक्षाका पहाड उभिए वरिपरि
कमजोर फूल ओइलायो र झर्योए
फूलको पीडामा
फूलसँगै आफ्नो अस्तित्व तिरोहित गर्यौि तिमीले पनि
र लाचार म
बोट र फूलविनाको माली भएर अपराधबोधले ग्रस्त नियति भोगिरहेछु आजसम्म पनि।
 
तिम्रो प्रेमको एब्स्ट्र्याक्ट परिबन्दमा
आफ्नै जालोमा फसेको माकुरोजस्तै फसेको छु म
र भोगिरहेछु यति बेला
मायाको ग्याँसच्याम्बर नियति।