एउटा सनेट / सिद्धिचरण श्रेष्ठ
भावुकताको हरियालीमा, मादक यो खुशियालीमा
मैले पाएँ के-के चुन्नी भग्न हृदयको थालीमा !
बास्तविकताको ढुङ्गा चाल्दै लड्नु छ, भिड्नु छ अाज सखी,
सपनाहरूको रेशम-डोरा खाली बन्धनमात्र सखी,
तीतो, पीरो, अमिलो, नुनिलो लिनु छ बराबर स्वाद सखी,
मीठो, गलियो भन्न त खाली पाउन गाह्रो याद सखी,
सपनाहरू सब च्यातचुत् पारी यो एकलासे दुङ्गामा
वास्तविकताको पुस्तक फोऊँ सिर्जनको प्रिय घरधन्दामा ।
लाखा-लाखों वर्ष निलेको यो दङ्गाको इतिहास ।
प्रकृति नटीको छमछम नर्तन, मृत्युदेवको परिहास ।
कति राज्य बने, कति राज्य ढले, कति निर्माण तथा विनाश,
शहर हजाराँ धूलो ओडी छन् अझ पनि कति चुपचाप
तिम्रो मेरो यो मायाझैँ आपसमा मरिमेट्नेको
आँसु चुहेको जम्दै-जम्दै बन्ने वस्तु यै ढुङ्गा हो ।
.........................................
साहित्यस्रोत, ३|२, श्रावण २००६