भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
एक्ली गीत / रमेश क्षितिज
Kavita Kosh से
रातमा– रुँदै हिडेकी छ एक्ली गीत
सुँक्क– सुँक्क
टिल्पिल ती ताराहरूले देखे कि देखेनन् कुन्नि
उसँगै अल्झी हिँडेको छाया
जूनले सुन्यो कि सुनेन उसको रुवाइको मूच्र्छना
मानिसहरू मस्त निदाइसकेको बेला
टाढा– टाढा फैलिरहेछ आलाप
रुँदै हिडेकी विचरी त्यो गीतका
बाटोभरि बजिरहेछन् झङ्कारका पाउजुहरू
छन्– पहाडवरिपरिका घुमाउरा बाटाजस्ता सम्झनाहरु
छन्– छातीमा ठोकिएका घात प्रतिघातका तीखा किलाहरू
कहिले मध्यम, कहिले तीव्र
रोइरहिछ आँसुले भिजेकी गीत
जसले सुन्नुपथ्र्यो ऊ मिठो निदमा होला कतै
जसले बुझ्नुपथ्र्यो ऊ ठूलो भिडमा होला कतै
यी छेउका चोइटिदै गएका बाटा
रूख र आँगन
घरवारि वा सीमान्त टाकुरो– चुपचाप छन् सबै
मात्र धुरुधुरु रुँदै हिँडेकी छ
मध्यरातमा एक्ली गीत !