भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एक जोडी आँखाका गौंथली / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मेरा आँखाका नानीहरूलाई
उत्साहको एक जोडी गौंथली बनाई
उडाइपठाएको छु आकाशमा
कतै तिम्रो घरको सिलिङमा एक छेउ
गुँढ लाउने ठाउँ तिनीहरूले रोजेछन् भने,
मलाई विश्वास छ,
तिमीले धपाउने छैनौ।