भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एक टुक्रा बादल र मेरो सपना / कृष्ण पाख्रिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जब म तिमीलाई देख्छु
एउटा आकाश जत्तिकै तिमी होचिएर
झरेका हुन्छौं डाडाँमाथि
एक बथान काकाकुल जस्तै
र, छरिएका हुन्छौं क्षितिजमाथि माथि
मानौं, आकाशमा इन्द्रकमल फुलेको छ
त्यसबेला तिमीलाई
एक टुक्रा बादल भन्न मन लाग्छ।

हो मन लाग्छ, तिमीलाई टिपेर
त्यो हरियो डाडाँबाट
त्यो जून उदाउने क्षितिजबाट
मेरो आँखाको खाली फ्रेममा बाँधि दिनु
र 'खालि'को अस्तित्व मेटाई दिनु
तर मेरो बादल
मदेखि पर
छाना छानामा आएर
रुँदै आँशुका थोपोभित्र, हाँस्ने अभिनय गर्छ
अनि भन्न मन लाग्छ - मेरी केटी
तिम्रो अभिनय असफल छ, मेरो विगतका असफल सपना जस्तै।

...................................................................

यस कविताको हिन्दी अनुवाद-
एक टुकड़ा बादल और मेरे सपने / कृष्ण पाख्रिन / सुमन पोखरेल

इस कविता का हिंदी अनुवाद-
एक टुकड़ा बादल और मेरे सपने / कृष्ण पाख्रिन / सुमन पोखरेल