भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
ए, निर्दोष प्यारा साथीहरू हो ! / राजेश्वर रेग्मी
Kavita Kosh से
ए, निर्दोष प्यारा साथीहरु हो !
सङ्कलित पीडाका छातीहरु हो !
आँगनमा आई तर्साउने तिमीलाई,
नडराऊ जङ्गली हात्तीहरु हो !
उज्यालो हुन्छ बत्ती बलेको देख्ता
नपरे भूलमा मध्यरातीहरु हो
अर्काको चोटमा रमाउनु हुन्न
खुशी मनाउने विश्वासघातीहरु हो
चाहेर जसले पाउन सकेन
तल छैन प्राप्ति झन् माथिहरु हो