जब म तिम्रा बारेका सोच्दछु
र सधैँ सोचिरहन्छु पनि, 
म ऐना हेर्ने गर्दछु 
र मेरो मुटुमा गोली हान्दछु 
ता कि
म भुतुक्कै मरिजाऊँ  
र तिम्रा बारेमा अरू धेरै सोच्नु नपरोस् ।
म बाँचिरहन चाहन्छु
जबसम्म तिमीलाई मुक्त गर्दिनँ,
जसले मभन्दा पहिले तिमीलाई बलजफ्ती माया गर्यो 
त्यसको पकडबाट मुक्त गरेर मात्र 
मर्न चाहन्छु म ।