भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
ओ समय / राज माङ्लाक
Kavita Kosh से
म,
समयको घडी अघिल्तिर
रगत छाद्दै कुदिरहेछु
त्यही घडीको पछिल्तिर
मेरा बा–आमा
शान्त जीवन बाँचिरहेका छन्
ओ समय
एकाबिहानै टाँकीको कापकापबाट उदाएर
किन मेरो नीद हराम गर्छौ हँ ?