भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

काव्य, मेरो मित्र / विमल कोइराला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मेरा सपनाको उर्वर भूमिमा
फूल रोप्दै
कहिले छक्काउँदै, कहिले जिल्याउँदै
बडो गर्वसाथ टुकुटुकु हिँडिरहन्छ,
मलाई छिनभरमै गलाउँछ, एकैछिनमा थकाउँछ
मेरो कल्पनाको भावभूमिमा
मायाको कडी जोड्दै
काव्य – भर्खर टुसाएका दाँत देखाउँदै हाँसिरहन्छ,
उसको निश्छल हेराइमा म विगत बिर्सन्छु
उसको निष्कपट आवाजमा म बोल्न बिर्सन्छु
र, ईशारै ईशारामा
एकदुई खित्का छुट्ने गरी हँसाइदिन्छु ।
काव्यलाई मन परेन भने प्रधानमन्त्री देखिँदै गरेको
च्यानल पनि निभाइदिन्छ र म‚त कार्टुन हेर्छ,
काव्यलाई मन परेन भने शेक्सपियरकै फोटो पनि
च्यातिदिन्छ र चाल्र्स डिकन्सलाई राख्छ,
काव्यलाई मन परेन भने पेरिसको साँझको वृत्तचित्र
फेरेर कालिन्चोक लगाइदिन्छ
ऊ ज‚त कठोरका मनमा पनि मायाको सागर बगाइदिन्छ ।

सानो छ तर असीमित संभावनाहरू छन् ऊभित्र
उसले टेक्दै गरेका पाइलाहरूले
यो देशको जोकर राजनीतिमा टेकेनन् मात्र भने पनि
ऊ सँग्लो मान्छे बन्छ
ऊ मानवीय बन्छ, बन्छ ।