भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

किन यसरी टोला’को / किरण खरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

किन यसरी टोला’को के भो हजुरलाई
कुन पापीले लगायो टुना हजुरलाई

पैले त धेरै हाँस्थ्यौ अहिले मुस्काउनै छोड्यौ
जति गिज्याए पनि किन हो रिसाउनै छोड्यौ
अलि अबेर म आउँदा गल्ति भयो कि क्या हो
मेरो मायामा शङ्का तेर्सिदियो कि क्या हो

आऊ नजिक मेरो म होश जगाइदिन्छु
फुक्‍फाक गरेर छिन्‌मै म रोग भगाइदिन्छु
भइ’गो बरु नबोल रिसाइदेऊ एकछिन
आँखा तरेर घुम्टो खसाइदेऊ एकछिन