Last modified on 16 जुलाई 2017, at 09:39

किन यो एकनासको वह मसँग / राजेश्वर रेग्मी


किन यो एकनासको वह मसँग
पर– पर छ घ्यू र मह मसँग

अँध्यारै– अँध्यारोको माझमा छु
छैन जून टहटह मसँग

तिम्रो पीडाको के खबर मलाई
‘मनको वह कसैलाई नकह’ मसँग

कसैको पीर भो, नसुनाऊ आज
भरिएको छ दुवै गह मसँग

सुगन्ध छैन बगैंचामा पनि र त
फूल बिनाको ‘वाग’ लहलह मसँग