किन लग्यौ आशा चुंडेर !
मनको सास, दिलको प्यास,
भष्म भयो आफै उडेर ।
गीत सुुसेले सुन्दैन कोही,
आँसू छिछोले बुझ्दैन कोही ।
मनको प्यार, जीवन-भार,
लुकी सक्यो आफै थिचेर ।
रंग चढाए देखिन्न केही,
प्रीत बढाए पाइन्न केही ।
खुलेको धाप, थपेको राप,
सल्की सक्यो आफै डढेर ।
***