भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कृष्णचरित्र / यदुनाथ पोखर्‌‍याल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


यसोदाजिका काखमाथी बस्याका
यताऊति हेर्दै हँसी<ref>हाँसेर</ref> दूध पींदा<ref>पिउँदा</ref> ।
दिशा सब् उज्यालो गराया प्रभूले
खुशी चित्त मेरो तुलयाया हरीले ।।१।।

चरण्‌पद्यमा पैजनी <ref>पाउजेब</ref> बाहुलीमा
क्वणत्<ref>कणकण गर्ने मीठो शब्द</ref> कङ्कणै<ref>ककन</ref> किङ्किणी<ref>घुँघुरा</ref> छन् कटीमा<ref>कम्मरमा</ref>
द्विनामी<ref>पछयौरा</ref> असल् पैह्री खेलदा झटक् त्यो
सदा सम्झँदा छाति मेरो भरिन्थ्यो ।।२।।

कनक् कुण्डलै झल्कँदा कानमाहाँ ।
कुटिल्<ref>जुल्फी</ref> कुन्तलै हिंड्दछन् गाथमाहाँ ।
मुकुट् सिरमा खुब् खुल्याको छबीले<ref>छबी=शोभा</ref>
अलौकिक शोभा त देखी मनैले ।।३।।

घनश्याम पीताम्बरै बैजयन्ती<ref>बन (घुँडासम्म आउने) माला</ref>
गला लट्कियाका चरण्‌का नजीक्‌मा ।
चमक् बीजुलीको झञी झयाञि<ref>छाया</ref> देख्दा
प्रभुको नर्ख कान्तिले मन् हरिन्छ ।।४।।

अधर् लालिमा दन्तपंक्ती बिचैमा
उज्यालो हँसाई समेतै हेर्‍यामा ।
विभू<ref>ईश्वर</ref> मातृकाखै<ref>आमाको काखमा</ref> बसी खेलदाको
विचित्रै देखी मन् गली जान्छ मेरो ।।५।।

अनी काखैमा जृम्भ<ref>हाइ</ref> गर्दा क्षणैमा
भुवन् चौध लोकै समेतै मुखैमा ।
देखीयो कहीले भने याद् भुलींदा
दयाले बहुत् मन् भरी जान्छ मेरो ।।६।।

स्तनैमा विषै लाई ब्रज्‌मा त्यो आई
देखी पूतना काखमाहाँ बसाई ।
निहूँ दूधको ली खोजी मारेन जस्‌ले
त्यसैलाई झट्‌टै दियो मुक्ति कस्‌ले ।।७।।

पछी फेरि तृणाब्रतै<ref>तृणावर्त असुर</ref> नाम् गर्‍याको
ठुलो दैत्य मार्ने उसैलाई उठयाको
अघीका झञी सानु नानी पियारो ।
भनिन् काखमा प्यारी गर्दै बसाइन् ।।८।।

यही गीरिधारी रहयाछू भन्या झैं
हुँदा भूमिमा राखी भागिन् विभुलाइ ।
पतिथ्यैं पुगिन् आज नानी पियारो
पनी भारि लाग्यो र भैंमा छोडयाँ नी ।।९।।

सुनी नन्द बाबा पनि धन्य भन्दै
भनी भन्न लाग्या फेरी भन्न नानी ।
कहाँ राखि आयौ नजानी कहाँ त्यो
नदेखी तिनीलाइ कहाँ प्राण बल्छ ।।१०।।

भनी आकुलै गुकुलैमा बस्याका
त्यसै बीचमा वायु धूलोसमेतै ।
पछाडी तृणावतै आई उठाई
लिई श्यामलाई गयो त्यो गगन्‌मा ।।११।।

नदेखी घनश्यामलाई यशोदा
समेतै सबै नन्द गोकुल् अँध्यारो ।
भयाका देखी दास आफ्ना सबैमा
दया बक्सँदा ताहिं मुक्ती दिंदामा ।।१२।।

बरु गोकुलैका सटक्‌मा भवन्‌मा
दही चोरिमा ओखलैमाऽर्जुनैमा<ref>खरीमा</ref> ।
पयःपानमा<ref>दूध प्यूँदा</ref> माझ नन्दै भवन्‌मा
शकट् भङ्गमा पूतना मारनामा ।।१३।।

अलैमा स्थलैमा स्वयच्छा<ref>बाछा</ref> हरण्‌मा
सुगोवर्धनैलाइ करैमा लिदामा ।
मधुर् मूरली श्री करैमा लिंदामा ।
फणामा बसी कालिनाग्‌का दमन्‌मा ।।१४।।

स्ववृन्दावनै माथि कुञ्जै<ref>लहराको घर</ref> गृहैमा
यमूना जलैमा तहीँ तीरमाहाँ ।
सखामा वनैमा उ वंशी बजेमा
तहीँ तीरमाहाँ शिशौका कदम्‌मा ।।१५।।

बसी चौरमाहाँ द्विजस्त्री<ref>ब्रह्मणकी पत्नी</ref> सखीमा
फिरी रासलीला हुँदामा ब्रजैमा
यही रासलीला गर्‍यो कामञीले<ref>कामै</ref>
अनन्तै सखामा वस्यामा हरिले ।।१६।।

विचित्रै अनेकै चरित्रै पवित्रै
इनै मंगलै गाइ गाई चह्राया
रसीला सुनी सूनि संसार तर्छन्
ममी भै फिरी फेरी लीन्याऽवतारै ।।१७।।

सवारी हजूर्‌माथि पारी मलाई
दया काखमा पारितारी सह्यारी ।
उपारी यमूना देखी नन्दवाला
कहाँ छन् यशोदाजिका काख पारी ।।१८।।

तिमी आउ वारी अती धीर धारी
रहू कोहि दिन्‌मै पनि कोहू<ref>कोही</ref> पारी
अनेक् दिव्यलीला गरी वास तारी
प्रकट् भै रहुँला फेरी कंस मारी ।।१९।।

भनी एति वाणी सुनाई दयाले
तिनै आफु मालिक् पनी बालकैले ।
अलौकिक गोपाल बालक् पनी जो
हुन्याछन् त्रिलोकोमहाँ खुब् धनी जो ।।२०।।

प्रभू सानु नानी झञी बस्नु काख्‌मा
मनै खुशी भैगो अनी फेर् नयन्‌मा
फेरि देख्न लाथ्या सबै गोपहेरु
दुवै बाहु पाऊ उभो पारि खेल्दा ।।२१।।

                  'पुराना कवि र कविता' बाट साभार

शब्दार्थ
<references/>