Last modified on 16 जुलाई 2017, at 09:35

केही कम गर कुरा बरिलै / राजेश्वर रेग्मी


केही कम गर कुरा बरिलै
नचलाऊ बिन्ती छ छुरा बरिलै

तिमी त सत्तामा पुग्यौपुग्यौ
कसले पाल्छ टुहुरा बरिलै

अहो ! सारा सपना तिनका
भई गए अधूरा बरिलै

शायद अब भुल्न चाहन्छौ
फुटेका एकेक चुरा बरिलै

काँधमा आएको यो दायित्व
गर्नु पर्नेछ पूरा बरिलै