भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

केही हाइकु / अभि सुवेदी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



रुख काटिएपछि
थाकेर बस्न
जृ्नले ढुङ्गा भेटेछ
 



मुनाम अमेरिका जाँदा
घरछेउमा जङ्गल थियो
ऊ फर्किदा पातमाथि जृ्न
 



मुनाम ब्याकप्याक बोकेर
धुम्बाराही घरमा पस्ता
सानो ग्य्राजुअट सेरिमोनी
 



मुनामले कथा भन्दा
जाइको बारीका
जुन्किरीले सुन्छन्
 



मेरो जन्मदिनको राती
त्यस्सै रक्सी खाएछौं
भोलिपल्ट बिहान उस्तै थियो
 



यो बर्ष
निकै काइँया फेरें
कपाल पोहोरभन्दा बढेन
 



चुम्बन खाए पनि
नखाए पनि
पीपलले जृ्न पर्खिबस्छ
 



यो बर्ष निकै घुमियो
दारी काट्दा मैले गाउने
त्यही एउटा गीत
 



घरको आँगनबाट छिछिमिरा
फाँटका घर र शिवपुरी
एकैपटक देख्छ
 



श्यालहरु राती आएर
काटिसकेको बाँसघारीमा
जृ्नेलीसँग ठोकिन्छन्
 



मुनाम आउँदा फ्फृल रोप्न
बिन्दुले छानेको गमला
जृ्नेलीमा बिरुवा पर्खिन्छ
 



नुहाउँदा थाहा पाउँछु
यस पालि लामखुट्टे
बढेकै हुन
 



हर्नामारीको चैारमा
मूर्तिकलामाथि
कुइरोका छिना चल्छन्
 



कपनको गुम्बा
जुन र घण्टी
भिक्षुका शिर सँगै उठ्छन्
 



वृद्ध दिदी
हिड्न नसकेपछि
उनले उफ्रेका पहरा देख्छिन्
 



धेरै पर्यटकको खचाखच
स्वयम्भृ् पनि मकुटब्या48डमा
ड्रम बजाउँछ
 



राती धेरैबेर बस्दा
लेख्दै सुत्दै गर्दा
बिहानको घाम भेटिन्छ
 



यहाँ बसेर धेरै लेखें
किताबै छपाएँ
टेबलपोस उस्तै मैलो
 



उहिल्यै खोलाबाट उठ्ने कुइरो
मेरो टेबलमा सधैं उठ्छ
क्षितिज सधैं छ्याङ्ङ
 



यसपालिको जन्मदिनमा
लामखुट्टेका गीत,
स्कृ्लका सम्झना
 



भत्केको पुल, रातो पुल
कालो पुल, नीलो पुल सबै तरें
कहीं पुगिएन