कोइ साथी नायकलाई भन्छे / वीरेन्द्रकेसरी अर्याल
छुटिृने डर हुने नि देखिंदा उल्लफा पनि हुने नदेखिंदा ।
देखिने पनि नदेखिने पनी वन्दिये हुँदि ति खुस् हुनिन् अनी ।।
खञ्जन् झैं अत्ति चञ्चल् अञ्चल् ऐल्हे नजर का छन् ।
अब मन्च मन्च झन् झन् अनङ्गको रङ्ग झल्कन्छ ।।
तरुणोपन् जसो वन्मा फुलेको फुल छ यो असल् ।
यस्का गाहक ती हुन्छन् रसको जो गर्दछन् अमल ।।
बिच्मा एक तलाउ सुन्दर छ, लाल् माछा यहाँ खेल्दछन् ।
यस्मा छन् अझ नीरका सिंढिं, इ झन् दिललाई तर् गर्दछन् ।।
दोटा पर्वत छन् यहाँ अति ठुृला, तिन्का उपर् साँझमा ।
मन्मा नित्य उदाउन्या अति असल् देखिन्छ एक् चन्द्रमा ।।
के गर्छन् अब मकुना नवार् नवार छम् इ हस्तिनी पनि ता ।
मिद्र्धा दतार् जो हो पञ्जामा बाघका परिगो ।।
बित्ने हो कि त एक् पहर् कि अथावा दोश्रो कि तेश्रो पनी ।
सारा बित्तछ दिन् कि आउन यहाँ फर्केर फेरी भनी ।।
धेर् दिन्को परदेश् थियो तर पनी हाँसेर येती भनिन् ।
बोली रोकिनगो र पो गहभरी आँसू गरी चुप् भइन् ।।
छायो सब्तिर मेघले बिजुलिको देखिन्छ भारी चमक् ।
बेला यो छ कदंवको पनि असल् चल्नेछ फेरी गमक् ।।
प्यारा राजकुमार वाहिर खडा छन् हेरि के हेर्दछयौ ।।
मन्को प्रेमतरङ्ग चल्छ नदिका भेल् झैं वडा वेगले
आगा झैं अनि चल्न लाग्छ सह्सा सर्वाङ्ग खुप् तेजले ।।
मुख्ले भन्न सकिन्न फेरि सह्नाका के कुरा छन् यहाँ ।
रक्षा गर्न मलाइ शक्छ अब को, हा ! दैव जाऊँ कहाँ ।।
मन्मा सब्तिर त्यो स्वरुप छ खडा छुट्तैन एक्छिन् पनी ।
पैल्हे साथ छँदा थियो सँगिनि एक् ऐल्हे अनेक् भो अनी ।।
ऐल्हे छिन्छिन मिल्छ दर्शन अघी मिल्थ्यो कहीं साँझमा ।
मेरो विहृल हुन्छ चित्त किन यो कारण् नभै व्यर्थमा ।।
निस्केछन् सहकारका कहिं कहीं सानातिना मंजरी ।
घुम्छन् मंजरिका सबै, वरिपरी सर् ली भ्रमर् मुख्भरी ।।
सार्है मस्त भएर कोइलि पनी बोल्छन् कहाँ हो कहाँ ।
प्यारा राजकुमारको पनि सखी ! मिल्ला कि दर्शन् यहाँ ।।
आफैले परिपाठ पारिवरि केश् वाटेर मेरा भनी ।
शिर्मा स्यूरिदिएर फेरि फुलका गुच्छा र पल्लव पनी ।।
मोतीको पनि हार लायिदियि फेर् पक्रेर हात्मा यहाँ ।
वाग्मा हामि टहल्दथ्यौं बिजुली झैं सब् त्यो कहाँ गो कहाँ ।।
(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)