भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

को कसको हो / किरण खरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


को कसको हो, को कसको हो, कसले चिन्न सक्छ र
सिन्दुर हो या धूलो हो, जीवन कसले भन्न सक्छ र

आँखा नै हो, मीठो सपना देख्नु गल्ती हैन
मुटु नै हो, चोखो माया गर्नु गल्ती हैन
बितिसकेका रहरहरूलाई कसले साँच्न सक्छ र

देखिएको आफ्नो हैन लेखिएको नै हो
खोजिएको आफ्नो हैन भेटिएको नै हो
बगिसकेको आँशुलाई कसले थाम्न सक्छ र