क्रीडा / गोपाल सिँह नेपाली / कुमार घिसिङ
(५६)
“यदि वनरानी अभिमानी त, वनराजा पनि अभिमानी।
आज यही नै भन्नु मैले पनि मनमा ठानी।।
त्यहीं पर्खेर सुन पहिले चुपचाप मेरो बानी।
कहाँ लुक्दछु, के गर्दछु, मलाई कोजिलेऊ रानी।।
(५७)
“त्यति टाढा लुकेछौ राजा, कसरी खोज लगाऊँ।
यतिको वृक्ष सघन छ वनमा, कुन डालामा जाऊँ।.
कुन पल्लवको भित्र खोजूँ, कहाँ – कहां घुमिरहूँ।
कहाँ लुकेछौ, के गर्दछौ, कसरी तिमीलाई पाऊँ।.
(५८)
“चारैतिर चाँदनी छरिएको छ, रजनीको बेला।
छु म त्यहाँ, जहाँ हमी दुई खेल्दछौं नित्य खेला।।
यो वर वृक्ष, यो मेल, अनि बेल, यो रसाल यो पीपल।
आऊ रानी, खोज मलाई बसेको छु, यहाँ अकेला।।”
(५९)
लुक्यौ कमलमा मधुकर मधुकर बनी नाथ, कसरी पाउनु।
बस्यौ कण्ठमा मृदु स्वर बनी कसरी हात लाउनु।।
के जानुँ रस बनी, कुनभित्र बसेका छौ।
सरस सुमनको सौरभ हौ, अब लुकी किन बस्दछौ।।
(६०)
“अरे, उडी मलाई खोज, आऊ यस तरुवरमा।
हेर कसरी आत्मसमर्पण गर्दछु, क्षमभरिमा।।
“तिमी नै आई, खोज मलाई, बसेको छु यस घरमा।
हेर अदिक समर्पणको गुण नारीमा कि नरमा।।”
(६१)
“खोज्न नसक्ने आई मलाई, हाँक भने पिट्दी छौ।
यति बोलिरहेछु, तैपनि अलिकति टेर्दै टेर्दिनौ।।
के यस्तो चाँदनी रातमा पनि यसरी डराउँदी छौ।
आफ्नो घरदेखि बाहिर एक पाइला पनि सार्दिनौ।।
(६२)
जब बसेका छौ, मेरो मनमा, किन खोज्नु वन – वनमा।
जब तिमी बूँद बनी बर्सिन्छौ, किन खोज्नु घन – घनमा।।
किन नडराऊँ, जब तिमी यतिको हठ गर्दछौ मनमा।
जब तिमी छौ आफ्नो यौवनमा, म किन हुन्छु बालकपनमा।।
(६३)
यसै समय सानु घन – मण्डल नभमा उड्दै आयो।
झट्टै त्यस घन – मण्डलमा शशिको उज्ज्वल काया हरायो।।
नन्दनवनका पल्लव – वनमा तरु – तरुमा तम छायो।
शशिको मायामा चरीले असल अवसर पायो।।
(६४)
उडेर नीडबाट जब वनरानी विस्तार – विस्तार आइन्।
एउटा डालामा उसले आफ्नो लुकेको निधि पाइन्।।
नाची – उठे मन – मोर खुशीमा, मधुर – मधुर मुस्काइन्।
बसी पल्लवभित्र ठीक, जसरी चोर बस्दछन्।।
(६५)
भन – “अब बोल वनराजा, कुरा बनाउँदछु खालि।
या केही गुम पनि राख्नेवाली हुँ, बल राख्नेवाली।।
“होइन, होइन, यो ठीक भएन, रजनी एकदम काली।
“जब के मैले नै बनाएँ ता, यो रजनी काली।।”