Last modified on 18 अगस्त 2017, at 22:45

खण्डिताको गुलाबी छेड / चक्रपाणि चालिसे


नाथ ! नाथ ! भनि विसमयसाथ, कष्टले वितिसक्यो सब रात ।
बल्ल दर्शन मिल्यो कुनचार्ही, काममा भुलनुभो र-त-पाई ।।१।।

रातमा घुमि घुमीकन अन्न हन्त !! भो-कि-तब(ब) भारि लडन्त ।
छैन तेज मुखमा, अति खिन्न चेहरा पनि छ आज विभिन्न ।।२।।

धूर्त-को-सँग भयो त-करार, बिल्कुलै बदलियेछ मुहार ।
बोलि मन्द सुनदा छन कान देखिंदैन अघिको अभिमान ।।३।।

नेत्रमा अरुण (न) ता झलकन्छ, खिन्नता बसनमा द्दढ हुन्छ ।
अङ्गमा शिथिलता छ अघोर, भैरहेछ सब देह कठोर ।।४।।

देखिंदैन मनमा पनि शान्ति, तेज छैन अति मन्द छ कान्ति ।
नीच विग्रह पर्यो कसमाथी ? दुर्दशा हुन गयेछ नजाती ।।५।।

ओष्ठबाट घनराग उडेछ, नील रङ्ग उसमाथि गडेछ ।
छैन दन्तविच दाडिमि रङ्ग, ढङ्गदेखि मन हुन्छ भरङ्ग ।।६।।

छिन्न भो-कि-त-व-हा-र-मणीको, सङ्गमा विपुल तेज भयेको ।
छातिमा पनि छ चोट गभीर, भैरहेछ मन खुब अधीर ।।७।।

भालमा छ नख-रा-ग-हिरो (लौ)नै, गण्डमण्डल पनी छ दिलोमै
उर्लदा हृदयमा कुचचिन्ह, स्पष्ट यो विदित हुन्छ नवीन ।।८।।

ठीक छैन सुरु-वा (बा)ल समाई, रागहीन गरि छाति दबाई ।
जानुयुग्म धसियेछ अवश्य यै रहेछ कि त ? गुप्त रहश्य ।।९।।

जानिंदैन रतिकारण साफ, चित्तमा छ जरुरै परिताप ।
भन्-नुहोस यदि त्यो सब बात--बातमा गरिदिनेछु म हात ।।१०।।

भन्नुहुन्नत त भने अबलाई
जातलाय पनि दिन्छु बिदाई ।
खाति धर्म भय शोक र लाज
बाँकी के छ ? अव (व)-ना-गर राज ।।११।।
एक पल्ट भइगो अबदेखी
रातमा नहिंडनू लिइ सेखी ।
भोर भो कक्ष-(र)-श(स)ली(री) र (ल) सराग
साफ होस, नरहोस विराग ।।१२।।



(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)