भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

खै! के भएको हो यो समयलाई / दिनेश अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

म ग्राहक छु त्यस अखबारको
त्यसैले हिजो जस्तै आज पिन
ढोकाअगाडि छोडेर गएको छ वितरकले
त्यसको नयाँ अंक
र भुइँबाट त्यसलाई टिप्नुपर्ने
एउटा परिस्थितिको बीचमा म घोरिएको छु
अखबार मेरा अगाडि छ
र म भने धेरैबेरदेखि
टिपूँ कि नटिपूँको दोधारमा
परैबाट त्यसलाई हेरिरहेको छु
खै! के हुन लागेको हो यो समयलाई
अखबार टिप्दा कतै त्यसबाट सरेर
आफ्नै हातमा पो रगत लाग्ने हो कि भन्ने डरले
आजकल हरेक बिहान यसरी नै थरर्र!
म आफैंभित्र एक पटक काँप्ने गरेको