Last modified on 23 जून 2017, at 12:14

खै त खुर्दलोटन अनि महुलीका कुरा ? / श्याम तमोट

पहाडका कुरा अनि मधेशका कुरा
बिर्सीसके लिपु लेक बिर्से लिम्पियाधुरा ।

राज गर्ने दाउ कोही रोजी रहेछन्
ओत लाग्ने ठाउँ कोही खोजी रहेछन् ।

दिनरात सीमा अनि प्रदेशका कुरा
खै त हाम्रो सुस्ता अनि खै त महेशपुर ।

खडेरीमा धाँजा फटाइ वर्षातमा डुबान
ढालीदिन्छ सीमा खम्बा उठाउदँैमा हैरान

भन्नलाई त साथी भन्छ तर हान्छ छुरा
खै त खुर्द लोटन अनि .महुलीका कुरा ।