भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गणित / पुरुषोत्तम सुवेदी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

एकएक आधुनिकता
तरबार, गितार र कम्प्युटर
प्रजातन्त्रको पछिल्लो अनुहार
निर्वाचन, भर्ती र कमिसनसग
पूरै मिलेको देखियो,
सहमतिमा बाजी थापिएका
भ्रष्टाचार र कर्ुर्सर्ीीेह
सत्ताको विषालु बारीमा हर्ुर्केका
एकएक गोमनका दंशले
घा“टी भिलाउन पर्खिरहेछन् ।
भिरपाखा र जङ्गलमा मारिएका
एकएक योद्धाहरू
सिच्छन् यो माटोलाई
आफ्नो रगतले
एकएक सहादतको लेखा रहनेछ
एकएक बलिदानको टुसा उम्रनेछ
र बास बस्नेछ हाम्रै मुटुमा
रक्ताम्य रातो झन्डा
मृत्युका आक्रमणसग
लोहा लिनेछन् एकएक जीवनले
मृत्युका तथ्याङ्कले घट्ने छैन
सहादतको मूल्य
र युद्धको समकालीन सन्त्रास
छातीभित्रको एकएक विश्वाससग हार्नेछ
एकएक समयस“ग चाल मिलाउदै
एकएक बन्दुक
एकएक बलिदान
र विजयका एकएक उच्चाकाङ्क्ष्ँा
रगतले लवालव नदी र पहाडहरूमा
ओर्लेका छन् सडक-सडक