भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
गाउँमा कविताहरू ११ / रेमिका थापा
Kavita Kosh से
हिँड्नु कसरी ?
अरठ्टिएर हिँड,
छाती फुकाएर हिँड
गह्रौ पाइलाहरू उचालेर
लमक लमक हिँड !
कम्मर मर्केजस्तो कैँचे हिँडेको ?
शिर झुकाएर चुपचाप हिँड !
अथवा शिर खडा गरेर हिँड !
हिँडनु कसरी?
केको फसाद परेको?
सजिलो गरी हिँड न !
इ: यसरी ठमठम
गाउँको गोरेटोजस्तो !